सिटिजन्स बैंकलाई दोस्रो पटक ‘बैंक अफ द इयर’ अवार्ड

0 Shares

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बैंकले यो अवार्ड लगातार दोस्रो पटक प्राप्त गरेको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२५ को ‘बैंक अफ दि इयर’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो ।

बैंकले यसअघि सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पाएको थियो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० गणेशराज पोखरेलले आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।

सम्मान ग्रहणपछि सिईओ पोखरेलले सिटिजन्स बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथका कारण उक्त पत्रिकाको सम्मान प्राप्त गर्न सफल भएको बताए ।

सम्बन्धित समाचार