सामसङ नेपालको एनपीएल अफर, एआई टीभीमा भारी छुट

0 Shares

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (NPL) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीसम्मका मोडेलहरूमा ३३% सम्म क्यासब्याक तथा रु ७ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध छ । जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ ।

यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन् ।

८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ ।

सामसङका नवीनतम AI टीभी लाइनअप (QLED र UHD) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश छन्:

4K AI Upscaling: जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ । Samsung Knox Security: जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ ।

सामसङले आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ । जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ ।

उपलब्ध अफरहरू:

क्याटेगोरी इन्च छुट (सम्म) एक्सचेन्ज बोनस (सम्म)

QLED 55” – 85” 19% रु ७,०००
UHD 43” – 85” 21% रु ४,०००
FHD 43” 33%
HD 32” 21%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन् । प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ ।

साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।

सम्बन्धित समाचार