भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक, अब द्रुतगतिको इन्टरनेट

0 Shares

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ। उच्च गति, भरपर्दो सेवा र किफायती मूल्यमा फोकस गरिएको यो प्याकेज ग्राहकलाई अधिक सहज डिजिटल अनुभव दिलाउने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ प्याक अन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps को इन्टरनेट सेवा उपलब्ध गराएको छ। तीमध्ये सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा प्राप्त गर्न सकिने छ। साथै, २०० Mbps वा सोभन्दा माथिको वार्षिक योजना खरिद गर्ने ग्राहकले १ महिना इन्टरनेट निःशुल्क पाउनेछ।

यसैगरी, यी योजनामा Priority Serve सहितको ‘Same Day Support’ सेवा पनि उपलब्ध छ। ग्राहकले दिउँसो ३ बजेभन्दा अघि इन्टरनेटसम्बन्धी गुनासो दर्ता गराएमा त्यसको समाधान सोही दिनमै प्राथमिकताका साथ प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ।

इन्टरनेट अनुभव अझ सहज बनाउन भायानेटले Mesh Router पनि आकर्षक मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहिले रु. २,५०० मा किन्न सकिनेछ।

भायानेटका अनुसार ‘सुपरहिट इन्टरनेट प्याक’ले नयाँ तथा पुराना दुवै ग्राहकका लागि छिटो, स्थिर र भरपर्दो सेवाका विकल्पहरू विस्तार गर्नेछ। थप जानकारीका लागि ग्राहकले भायानेटको वेबसाइट वा आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार