दोलखा एमालेका पूर्व पार्टी सचिव दुलाललाई नेकपामा प्रचण्डले गरे स्वागत

0 Shares

काठमाण्डौं । बलियो पकड रहेको दोलखामा नेकपा एमाले खस्कँदै गएको छ । दोलखाका पूर्व पार्टी सचिव एवँ शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्डले नेता दुलाललाई आज पार्टी प्रवेश गराएका हुन् ।

नेकपामा प्रवेश गर्दै नेता दुलालल नेपालको कम्युनिष्ट आन्दोलन अघि बढाउन एमालेवाट सम्भव नरहेको र सवै कम्युनिष्ट शक्ति एक हुनु पर्ने आजको वस्तुगत अवस्थाका कारण आफु नेकपामा समाहित भएको बताएका छन् । नेकपामा प्रवेश गरेका दुलाल एमाले दोलखाका प्रभावशाली नेता हुन् । उनी दुई कार्यकाल एमाले दोलखाको पार्टी सचिव बनिसकेका नेता हुन् ।
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवँ पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ २०६६ सालमा एमाले दोलखाको पार्टी अध्यक्ष बन्दा दुलाल सचिव भएका थिए । त्यसपछिको ८ औं जिल्ला अधिवेशनमा पनि उनी चुनावी पार्टी सचिवमा निर्वाचित भएका थिए । सो अधिवेशनबाट एमाले नेता इस्वरचन्द्र पोखरेल अध्यक्ष र नरवहादुर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
दोलखाको शैलुङ गाउँपालिका घर भएका नेता दुलाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्ष पदमा भारी मतका साथ बिजयी भएका थिए । उनको कार्यकालमा शैलुङ गाउँपालिकामा भएको विकास निर्माण लगायतका नमूना कामहरुको अहिले पनि चर्चा गर्ने गरिन्छ । बिद्यार्थी राजनीतिवाट उदायका नेता दुलाल एमाले दोलखाको राजनीतिमा लामो समयदेखि सक्रिय थिए ।

नेता दुलाललाई पार्टी प्रवेश गराउन नेकपा नेता विशाल खड्का लगायत नेताहरुले भूमिका खेलेका थिए ।

 

सम्बन्धित समाचार