सुनको मूल्य तोलामा पाँच हजारभन्दा बढी बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ बढेको हो ।

सुनको मूल्यमा भारी वृद्धि भएसँगै मंगलबार दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा तीन हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार आज तीन हजार २०० रुपैयाँमा पुगेको छ ।

सम्बन्धित समाचार