सुनको मूल्यमा गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको मूल्यमा १९०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार घटेर दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा तीन हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तीन हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार