सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

0 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । आइतबार सर्वोच्च अदालतले उनलाई रिहा गर्ने आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईं रिहा भएका हुन् ।

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए ।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।

सम्बन्धित समाचार