सामसङ नेपालले जाडो महिनालाई मध्यनजर गर्दै ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ।
सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटरले Dit मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।
वाशिङ मेसिन अफर-
काटेगोरी क्षमता क्यासब्याक (सम्म)
Semi-Automatic Top Load 7 Kg 12%
Fully Automatic Top Load 8 Kg 12%
AI EcobubbleTM Front Load 9 – 12 Kg 20%
AI EcobubbleTM Washer Dryer 9 – 11 Kg 23%
रेफ्रिजिरेटर अफर:
काटेगोरी क्षमता क्यासब्याक (सम्म)
SBS 700L 11%
5 in 1 350L – 419L 15%
Double Door 253L – 275L 17%
Single Door 192L – 230L 17%
ग्राहकहरूले आफूअनुकुलका सामसङ होम अप्लायंस् ० प्रतिशत ब्याजदरमा सजिलै ईएमआई विकल्पसँग प्राप्त गर्न सक्छन्।
प्रक्रिया झन्झटमुक्त छ र ग्राहकले आफ्नो नागरिकता उपलव्ध गराए हुनेछ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंसमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।