सुनको मूल्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि अघिल्लो दिन दुई लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको मूल्य पछिल्ला केही दिनमा उच्च उतार चढाव हुँदै आएको छ ।

बुधबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार १५० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार