ब्राइटनमाथि ४ गोल गर्दै म्यानचेष्टर सिटी उक्लियो दोस्रो स्थानमा

0 Shares

काठमाडौँ । ब्राइटनलाई चार गोलले पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति ब्राइटनलाई उसकै घरमा ४-० गोलले पराजित गर्दै सिटीले उपाधि होडमा आफूलाई बलियो तुल्याएको हो।

ब्राइटनमाथिको सानदार जितमा फिल फोडेनले दुई तथा डि ब्रुयन र जुलियन एल्भारेजले एकरएक गोल गरे। १७ मिनेटमा डि ब्रुयनले टिमलाई अग्रता दिलाएका थिए।

२६ र ३४ मिनेटमा फोडनले गोल गर्दा हाफअघि सिटी ३-० गोलको बलियो अवस्थामा थियो। दोस्रो हाफको ६२ ‍औं मिनेटमा एल्भारेजले गरेको गोल निर्णायक बन्दा सिटी ४-० गोलले विजयी भएको हो। जितसँगै सिटीले ३३ खेलबाट ७६ अंक बनाएको छ।

शीर्ष स्थानमा रहेको आर्सनलले ३४ खेलबाट ७७ अंक बनाएको छ। तेस्रो स्थानको लिभरपुलले ३४ खेलबाट ७४ अंक जोडेको छ। सिटीले ३४ औं खेल एस्टन भिल्लासँग खेल्नेछ।

सम्बन्धित समाचार