इंग्ल्यान्डसँग क्रोएसिया ४-२ ले पराजित

0 Shares

काठमाडौँ । फिफा विश्वकप फुटबल-२०२६ मा इंग्ल्यान्डले विजय सुरुआत गरेको छ।

समूह ‘एल’मा रहेका यी टोलीबीच गएराति अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ गोलअन्तरले पराजित गरेको हो।

खेलमा इंग्ल्यान्डका ह्यारी केनले मात्रै दुई गोल गरे। खेलको १२ औँ मिनेटमै ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध अग्रता बनाएको थियो। तर मार्टिन बिउटुरिनाले ३६ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई १–१ को बराबरीमा ल्याए।

इंग्ल्यान्डका केनले ४२ औँ मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले पुनः अग्रता बनायो। तर पिटर मुसाले पहिलो हाफको पाँचौं मिनेटमा गोल गर्दै पुनः क्रोएसियालाई २–२ को बराबरीमा ल्याएर खेललाई रोमान्चकता प्रदान गरे।

मध्यान्तर लगत्तै जुड बेलिङघमले गोल गर्दै इंल्यान्डलाई पुनः ३-२ को अवस्थामा ल्याए। मार्कुस र्‍यासफोर्डले ८५ औँ मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरे। पहिलो हाफसम्म राम्रो प्रदर्शन गरेको क्रोएसियाले दास्रो हाफमा दबाबमा खेल्यो।

सम्बन्धित समाचार