सुन आयात झण्डै पाँच सय प्रतिशतले बढ्यो

0 Shares

काठमाडौं । पछिल्लो तीन महिनमा सुनको आयात ४७९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोजमा कुल १० अर्ब ६५ करोड ५७ लाखको सुन आयात भएको हो ।

गत वर्ष सोही अवधिमा एक अर्ब ८२ करोड ९६ लाख बराबरको सुन आयात भएको थियो । यो वर्षको पहिलो त्रैमासिकमा सुन ४७९ प्रतिशतले बढेसँगै साढे १० अर्बभन्दा बढीको सुन आयात भएको हो ।

सुनले मूल्यमा ऐतिहासिक रेर्कड बनाउँदै जाँदा नेपालमा सुनको आयात बढेको हो । सरकारले अर्थतन्त्र चालायमान बनाउन सुन आयात गर्न पाउने सीमा बढाएको थियो ।

सम्बन्धित समाचार