0
Shares
काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मा आवेदन दिएकाहरुको भाषा परीक्षा सुरु हुने भएको छ ।
पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।
सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये आज उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो ।
दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।
दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशमध्ये सबैभन्दा धेरै नेपालबाट श्रमिक लैजाँदै आएको छ ।