सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

0 Shares

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले लगानीकर्ताहरूका लागि लाभांश घोषणा गरेको छ । बैंकको गत कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव अनुसार, बैंकले हाल कायम चुक्ता पुँजीको कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्नेछ। यस लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५.३५८३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ ।

सम्बन्धित समाचार