मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

0 Shares

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ र भीमफेदी गाउँपालिका १ को सिमानामा पर्ने बुङ्दल खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा प्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटसाइकल चालक हेटौँडा उपमहानगर २ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका १३ घर भई हेटौँडा उपमहानगर २ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार