सुनको मूल्य तोलामा झण्डै ७ हजारले गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । आइतबार सुनको मूल्य एकै दिन तोलामा ६ हजार ९ सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन दुई लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा गिरावट आएको हो । यसअघि असोज ३१ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला दुई लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार २८५ रुपैयाँ रहेको चाँदी आज तीन हजार १३५ रुपैयाँ छ ।

सम्बन्धित समाचार