0
Shares
काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय आज सकिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ता गर्न समय दिएको हो ।
आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वानसमेत गरिसकेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभालाई मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।