अन्जना विसङ्ख्यले किन जनार्दनको साथ छोडिन ?

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई छोडेर जनार्दन शर्मापक्षमा खुलेर लागेकी थिइन । शर्माले आफ्नै नेतृत्वमा प्रगतिशिल राष्ट्रिय अभियान घोषणा गर्ने दिन कात्तिक १९ गते ललितपुरको पत्रकार सम्मेलनमा समेत देखिएकी थिइन । शर्माको उक्त पत्रकार सम्मेलनमा पूर्व मन्त्री राम कार्की समेत उपस्थित भएका थिए ।
प्रचण्ड माधवले नेपाली कम्युनिस्ट पार्टी घोषणाको दिन अनुपस्थित भएकी विसङख्य पार्टी दर्ताको दिन शर्माको साथ छोेडेकी हुन् । प्रचण्ड माधवपक्षका नेताहरु निर्वाचन आयोगमा आइतबार दर्ता गर्न थालेपछि उनी खुलेर उनीहरुको पक्षमा लागेकी छन् । पूर्व सांसद विङ्ख्य लामो समय शर्माको पक्षमा खुलेर लागेकी थिइन । शर्माले पार्टी छोडेपछि उनी प्रचण्ड माधवलाई साथ दिन आइपुगेकी छन् ।

पार्टीका केन्द्रीय सदस्य एवंम् योङ कम्युनिस्ट लिग (वाइसिएल) अध्यक्ष पुष्प ओलीले पार्टी स्थायी समिति सदस्य विसङ्ख्यले शर्माको साथ छोडेको बताए । पार्टी फुटाएर जानेसँग भविष्य नदेखेपछि मुल पार्टीमै समाहित भएको उनको भनाई छ । उनी तत्कालीन माओवादीबाट सांसद भएकी थिइन । यसअघि निर्वाचनमा काठमाडौँ १० बाट भने पराजित भएकी थिइन ।

सम्बन्धित समाचार