विश्वकपको तयारी– शनिबारदेखि नेपालले वेस्ट इण्डिज ‘ए’ टोलीसँग खेल्दै

0 Shares

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । शनिबारदेखि सुरु हुने टी २० सिरिज खेल्न वेस्ट इण्डिज टोली बुधबार आइपुगेको हो ।

वेस्ट इण्डिज ‘ए’ले नेपालविरुद्ध चर्चित खेलाडी खेलाउने भएको छ । नेपालसँग खेल्न घोषणा गरेको खेलाडी टोलीको कप्तानमा ३२ वर्षीय रोस्टन चेश छन् । उनले वेस्ट इण्डिजका लागि ४९ टेस्ट, ४५ एक दिवसीय र ११ वटा टी–२० खेलिसकेका छन् ।

दुई पटक विश्वकप जितिसकेको वेस्ट इण्डिजसँग नेपालले आसन्न आइसिसी टी–२० विश्वकप तयारीका लागि पाँच खेलको सिरिज खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेलिने छ । सिरिजको तयारीमा रहेको नेपालले टोलीको घोषणा हुन बाँकी छ ।

वेस्ट इण्डिज टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का व्यवस्थापक एवं पूर्व कप्तान विनोद दासलगायतले स्वागत गरेका थिए ।

 

सम्बन्धित समाचार