घरकै मैदानमा चेन्नाईलाई पराजित गर्दै लखनउ विजयी

0 Shares

काठमाडौं । मार्कस स्टोइनिसको शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।

चेन्नाईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित बने ।

निकोलस पुरन ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले १७ रन बनाए ।

चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले ।

शिवम दुबेले ६६, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १-१ विकेट लिए ।

लखनउ ८ खेलमा ५ मा जितसहित १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ ।

आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दै छ । दिल्लीको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार