एकीकृत समाजवादी तीन टुक्रामा विभाजित

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी तीन चिरामा विभाजित भएको छ । तत्कालीन एमालेबाट विभाजित भएपछि माधवकुमार नेपालले आफ्नो नेतृत्वमा गठन गरेका थिए । नेपालले माओवादी केन्द्र सहित समाजवादी मोर्चामा आवद्ध दलसँग एकता गर्ने निर्णय गरेपछि पार्टी तीन टुक्रा भएको हो ।

नेपालको नेतृृत्वमा बहुमत केन्द्रीय सदस्य माओवादीसँग एकता गर्ने भएका छन् । माओवादी सहित नौ पार्टी एकता गरेर नेकपा समाजवादी गठन गर्ने भएका छन् । नेपाल नयाँ पार्टीको सहसंयोजक हुने भएका छन् । उक्त पार्टीको घोषणा आगामी कात्तिक १९ गते काठमाडौँमा हुँदैछ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले नयाँ वैकिल्पक पार्टी गठन गर्ने बताएका छन् । पार्टीको मुल नेतृत्व भुसाललाई बनाएर खनाल संरक्षक भएर मात्रै बस्ने भएका छन् । खनाल भुसालपक्षले नेकपा महासचिव विप्लव र माओवादीबाट छुट्टिन खोजेका जनार्दन शर्मासँग मिलेर नयाँ पार्टी बनाउने गृह कार्य थालेका छन् ।

एकीकृत समाजवादीका रामकुमारी झाक्री, किसान श्रेष्ठ, अमरबहादुर थापा, डा.वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना र अर्जुन राईलगायतका नेताहरू भने एमाले फर्किने पक्षमा उभिएका छन्। एमाले फर्किन उक्त टोलीले छलफल जारी राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल सहित सम्पूर्ण नेतालाई पार्टीमा भित्र्याउन खोजेका थिए । तर, अन्तिमा झाकी्र लगायतको टोली मात्रै तयार भएको छ ।

नेपालले आफ्नो नेतृत्वमा २०७८ साल भदौ २ गते पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । एकीकृत समाजवादी पार्टी गठन भएको चार वर्षमा तीन टुक्रा भएको छ ।

सम्बन्धित समाचार