काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यही कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले लाभांश पारित गर्न कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि १९ औं साधारण सभा आयोजना गर्दैछ ।
सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।