दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु

0 Shares

काठमाडौं । मलेसियामा नौसेनाको तालिममा दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा दुर्घटना भएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टर रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षणमा थियो ।

दुवै हेलिकप्टरमा चालक दलका १० जना सवार रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवारको मृत्यु भएको जनाइएको छ ।

सार्वजनिक भएको भिडिओ फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेको देखिन्छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको सञ्चार माध्यमले जनाएको छ ।

यसअघि गत आइतबार जापानमा दुई सैन्य हेलिकप्टर आपसमा ठोक्किएर समुद्रमा खस्दा एक जनाको मृत्यु भएको थियो । सात जना घाइते भएका थिए ।

जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ)का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए जनाए ।

सम्बन्धित समाचार