0
Shares
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।
उनले वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका २ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको बताए ।
सूचना अधिकारी नेपालले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारी साधन पश्चिमतर्फ जान सकेका छैनन्, दाउन्ने खण्डमा मालवाहक सवारी साधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।’