काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले गिरावट हुँदै १९६९.०२ बिन्दुमा पुगेको छ । पछिल्लो पाँच दिनको गिरावटपछि आइतबार बढेको शेयर बजार आज १५.४१ अंकले घटेको हो ।
आज कारोबार रकमसमेत घटेर दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार १८५ रुपैयाँ कायम भएको छ । आज कूल ३२० कम्पनीका ५६ लाख ५६ हजार २८२ कित्ता शेयर ३८ हजार ५५२ पटक खरिद बिक्री भएको थियो ।
सोमबार म्युचुअल फण्ड ०.०२ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहगत सूचक गिरावट भएको थियो । फाइनान्स सर्वाधिक २.१० प्रतिशतले घटेको बजारमा उत्पादन तथा प्रशोधनमूलक १.२० प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत र जलविद्युत ०.९१ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक गोर्खाज फाइनान्सको शेयर ७५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबारसहित ११ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । दोल्ती पावर कम्पनीको शेयरको मूल्य ७.३७ प्रतिशतले घटेर ४५१ रुपैयाँ १० पैसामा झरेको छ ।