म केपी ओलीलाई विश्वास गर्न चाहन्छु- प्रचण्ड

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास गर्ने बताएका छन् । सत्तारुढ दलसमेत रहेका एमालेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कमरेड केपी शर्मा ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रिएका थियौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब विश्वास गर्न चाहन्छु ।’

यस्तै, उनले देशमा भएका सम्पूर्ण परिवर्तन कुनै एउटा दलले मात्रै नगरेको बताए । यस क्रममा उनले भने, ‘देशको यो परिवर्तन कुनै एउटा दलले मात्रै गरेको होइन, सबै दलले आफ्नै तरिकाले बलिदान गरेको छ, कसैले धेरै कसैले थोरै भन्ने मात्रै हो ।’

सम्बोधनमा उनले जनतालाई सामाजिक न्याय दिने सबैको अपेक्षा भएकाले एकै बनेर काम गर्नु पर्ने बताए । उनले पहिले एमाले र माओवादी दलको एकता हतारमा हौसिएर भएको बताए । उनले भने, ‘हामी पहिलेको जस्तै हतारमा, हौसिएर, कम्युनिष्ट एकता भन्ने पक्षमा छैन ।’

सम्बन्धित समाचार