0
Shares
काठमाडौं । आज बिहान सङ्खुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यस क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।