आज राति आँबुखैरेनी मुग्लिन सडक दुई घण्टा बन्द हुने

0 Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका ४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए ।

गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काट्ने र पर्खाल उठाउने काम भएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।

सम्बन्धित समाचार