जेनजी आन्दोलनमा फरार कैदीको हत्या

0 Shares

काठमाडौं । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । शुक्रबार राती २८ वर्षीय नारायण कुमालको हत्या भएको हो ।

गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै धारिलो हतियार प्रहार गरी उनको हत्या भएको पूर्वी नवलपरासी प्रहरी कार्यालयले जनाएको हो ।

मृतक चितवनको कालिका नगरपालिका ४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

मृतक बलात्कारको कसुरमा अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सम्बन्धित समाचार