जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको गोली सहित २ जना पक्राउ

0 Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल ३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर हुन् ।

उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् । त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले अनविज्ञता प्रकट गरेको प्रहरीस्रोतले जनायो ।

सम्बन्धित समाचार