बंगलादेशको ढाकास्थित विमानस्थलमा लाग्यो आगो

0 Shares

काठमाडौँ ।  बंगलादेशको राजधानी ढाकामा रहेको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएको छ। जसका कारण उडान रोकिएको छ।

बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।

पत्रिकाले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘दिउँसो २:३० बजेतिर (स्थानीय समय) विमानस्थलको गेट नम्बर ८ नजिकै कार्गो खण्डमा आगलागी भएको हो।’

यसैबीच इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार, ‘बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायु सेनाका दुई दमकल युनिट आगो निभाउन खटिएका छन्।’

यसका साथै सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि उद्धारमा सामेल भएका छन्।

ढाका विमानस्थलका स्रोतले द डेली स्टारलाई बताएअनुसार विमानस्थलमा अवतरण गर्ने तय गरिएका कम्तीमा पाँच उडान चटगाउँको साह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएका छन्।

सम्बन्धित समाचार