गायक बबुल गिरीको स्टुडियोमा युवतीले गरिन् आत्मदाह प्रयास

0 Shares

काठमाडौं । अनामनगरस्थित गायक बबुल गिरीको स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छन् । शनिबार दिउँसो स्टुडियोमा युवतीले आफूलाई जलाउन पेट्रोल खन्याएकी हुन् ।

अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

घटनामा धन बहादुर गिरीसहित पौडेललाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार