ओलीले भने– वर्तमान सरकारको जग नै छैन, हल्लाउँदा पुक्लुक्क हुन्छ

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए । ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ,’ ओलीले भने, ‘जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’

ओलीले जेनजीहरूले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने काम गर्न नसक्ने र जेनजीले नै नगरेको बताए ।

 

सम्बन्धित समाचार