सानिमा बैंकका ग्राहकलाई चाडपर्वमा विशेष योजना

0 Shares

काठमाडौं । सानिमा बैंकले तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न मर्चेन्टमा क्यासब्याक तथा छुटको व्यवस्था गरेको छ ।

योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सय रुपैयाँसम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले पुजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौँडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजनाचोक, पोखरा)मा गएर यो योजनाबाट लाभलिन सक्ने छन् । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा ए.टि.एम संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार