0
Shares
काठमाडौं । इजरायल हमास युद्धमा बन्धक बनेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट काठमाडौं आइपुगेका छन् । उनीहरु कतार एयरवेजको विमानबाट काठमाडौं फर्किएका हुन् ।
हमासको कब्जामा रहेका विपिनको अवस्थाबारे जानकारी लिनका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा इजरायल हुँदै अमेरिका पुगेका थिए ।
उनीहरु अमेरिकामा रहँदा हमासले विपिनको युद्धमा मृत्यु भएको भन्दै इजरायललाई शव बुझाएको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ ।
इजरायलको लर्न र एण्ड अर्न कार्यक्रमको सिलसिलामा गाजा क्षेत्रको सीमा नजिकैको किबुत्ज सहरमा पुगेका विपिनसँगै १७ नेपाली विद्यार्थी दुई वर्षअघि हमासको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु हुँदा विपिनलाई हमासले बन्धक बनेका थिए ।