0
Shares
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको सूचना निकालेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनाअनुसार तीन वटा कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
काम सन्तोषजनक नभएकालाई यी कम्पनीहरूलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
