काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

काठमाडौं महानगर ३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका ८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार