0
Shares
काठमाडौं । सुनको मूल्य तोलामा दुई लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य प्रतितोला ३ हजार २२० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔँस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।