आज यी स्थानमा वर्षा हुने, देशभरको मौसम कस्तो?

0 Shares

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भागका एक दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार