0
Shares
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ ।
यसअघि शनिबार बस्ने भनिएको बैठक ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा जेनजी आन्दोलन र पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको छ ।
यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलबीच सहकार्य अघि बढाउनुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्नेमा नेताहरूले माग राखेका थिए ।