ढिस्कोमा च्यापिँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

0 Shares

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् । गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ ।

घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

सम्बन्धित समाचार