0
Shares
काठमाडौं । कैलालीमा आपसी विवाद हुँदा युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका ८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतको चौकुने गाउँपालिका ३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति प्रहरीसँग आत्मासमर्पण गरेका छन् ।
प्रहरीका अनुसार आरोपीहरू टाउको बोकेर प्रहरी चौकीमा पुगेका थिए । पक्राउ पर्नेमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेका छन् ।