सरकारी सुरक्षा कटौती भएसँगै पूर्व जनमुक्ति सेनाको घेरामा प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली परिचालन भएको छ ।

सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि पार्टीको भातृ संगठन वाईसीएलले सुरक्षा दिने भएको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार पार्टी अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको हो ।

उनले भने, ‘अध्यक्षको सुरक्षाका लागि तीन घेरामा वाईसीएल टोली खटिएको हो, हामीले रोटेसनमा काम गरेका छौँ, करिब ४० ५० जनाले उहाँ (प्रचण्ड)को सुरक्षा व्यवस्थामा खटिएका छौँ ।’

उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ। सबैभन्दा भित्री घेरामा विशेष तालिम प्राप्त पूर्वलडाकु छन् । बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नु परे केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार