चुनावी माहोल बनाउन राष्ट्रपति पौडेलले बोलाए दलका नेता

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

सम्बन्धित समाचार