0
Shares
काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा साधारणतया बदली रही बाँकी तराई भागमा आंशिक बदली रहने छ ।
यी प्रदेशका पहाडी र तराई भाग तथा बाँकी प्रदेशका पहाडी भागका थोरै तथा बाँकी तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा साधारणतया बदली रही बाँकी तराई भागमा आंशिक बदली रहने छ ।