बाहिरिन सुरु भयो मनसुन

0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ ।

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानबाट बाहिरिएको विभागले एक ‘बुलेटिन’ जारी गरी जानकारी दिएको हो ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ ।

सम्बन्धित समाचार