0
Shares
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षा हुँदा सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
आज बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको उहाँले बताए । पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बाली रातो भण्डासमेत फहराइएको छ ।
यसैगरी कोशी ब्यारेज वरिपरी सवारी साधान सञ्चालन गर्न रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संशाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।