0
Shares
काठमाडौं । पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका ५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका ६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका १ मा तीन जनाको मृत्यु भएको हो ।
पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । उनले पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको संख्या बढ्न सक्ने बताइन् ।
यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।