अविरल वर्षाले काठमाडौं भित्रिने सबै राजमार्ग अवरुद्ध

0 Shares

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारी साधन रोकिएका छन् ।

चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडक खण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारी साधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक खण्ड पनि अवरुद्ध भएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा असोज २१ गतेसम्म साँझ ५ देखि बिहान ५ बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार