भोलिसम्म मनकामना केबलकार बन्द हुने

0 Shares

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए ।

असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनको भनाइ थियो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ ।

यो नेपालको पहिलो केबलकार हो ।

सम्बन्धित समाचार